सबै बच्चा जन्म देखिनै फरक हुन्छन। केही गोरो जन्मिन्छन, केही कालो, केही लामो, केही छोटो, केही मोटो, अनी केही पातलो। मेरी छोरी जन्म देखिनै अली लुरी, बिचरीलाई देध महिना हुँदा देखिनै अरुसँग तुलना गर्न थालियो।’कती सानी, कती दुब्लो’, फलानोको अस्ती भर्खर जन्मिएको बच्चा नि यो नानी भन्दा ठुलो छ अनी यान त्यान…
अहिलेपनि छोरी सानो नै छे, उस्को वजन उमेर भन्दा अली थोरैनै छ। तर छोरी स्वस्थ, निरोगी छे, अनी हामी परिवार त्येसैमानै धेरै खुशी छौ।
दाज्नेले त फलानो को बच्चा कती महिनामा बस्छ, कहिले हिड्छ, कहिले बोल्छ, केही मा बाँकी नछोड्ने रहेछन।
छोरी सात्-आठ महिना हुँदा बल्ल अली राम्रो सँग बस्न थालि, दात दश महिनामा निक्लियो अनी एघार महिनामा बल्ल हिंडेकी हो। सबै बच्चा को शारीरिक बिकास भिन्न हुन्छ।
हाम्रो समाज को तुलना एकातिर, अनी आज भोली त सामाजिक सन्जाल ले गरेर दाज्न अनी हामी आमाहरुलाई दुःखी हुन झन सजिलो भएको छ।
यि तुलनाहरु कहिले रोकिदैनन, बरु अरुको बच्चा राम्रो देखे खुशी हुन सिकौ। अनी आफ्नो बच्चा जस्तो छ त्येस्मा झन खुशी हौ, उ जस्तो छ अदितिय छ 👼❤️