बच्चालाई रुघा लाग्दा कपडा होइन Tissue Paper को प्रयोग गर्नु पर्छ, किन ?

बच्चाहरुलाई रुघाले प्राये छिटोनै फेला पार्छ! त्यो समय बच्चालाई मात्र नभै बाबु आमाको लागि पनि निकै कठिन समय हो।रुघा धेरैजसो विषाणुले लाग्ने गर्दछ।सिगान पुछ्दा कपडाको रुमाल प्रयोग गर्दा विषाणु १२-२४ घण्टासम्मा रुमालमा रहन सक्छ। ति विषाणु फेरी हातमा र नाकमा लाग्ने सम्भावना हुँदा लामो समयसम्म शरीरमै रहन्छ अनी अन्य ठाउँमा र अरुलाई पनि सर्छ।

Tissue Paper (नाक पुछ्ने Napkin) १-२ पटक भन्दा धेरै प्रयोग गर्न मिल्दैन। त्यस्तो Napkin मा विषाणु बढीमा ३० मिनेट मात्र रहन्छ। अनी अर्को कुरा, एदी Allergy को कारण रुघा लागेको भय पनि एउटै कपडाको रुमालमा बारम्बार सिगान पुछ्दा रुमालमा वा हाम्रो हातमा सामान्य रुपमा हुने निरिह जीबानु हुर्कने मौका पाउछ, जस्ले गर्दा नभएको समस्या पनी थपिन सक्छ। तेसैले आजै देखिन रुघा लाग्दा रुमाल होइन Tissue Paper को प्रयोग गरौ।

Photo credit:ARIEL SKELLEY VIA GETTY IMAGES

Ishu Subedi Dharel

Hi there, my name is Ishu and I am a working aama of 'Etisha' my amazing year old daughter.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top
shares